भोटेकोशीमा आएको बाढीप्रति मधेस सरकारद्वारा दुःख व्यक्त, उद्धार, राहतमा जुट्न आह्वान

भोटेकोशीमा आएको बाढीप्रति मधेस सरकारद्वारा दुःख व्यक्त, उद्धार, राहतमा जुट्न आह्वान

  • बुधबार, भदौ १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

जनकपुरधाम, १० भदौः मधेस प्रदेश सरकारले रसुवाको सीमावर्ती क्षेत्रबाट आज भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले भोटेकोशी नदीमा आएको बाढी क्रमशः तल्लो तटीय क्षेत्रमा अगाडि बढिरहेको भन्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्ण सावधानी अपनाउन र सुरक्षित रहन आह्वान गरेको हो ।

मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईका अनुसार मन्त्रिपरिषद् बैठकले पछिल्लो समय वर्तमान पुस्ताले नदेखेको तथा नभोगेको स्तरमा बाढी तथा डुबानका घटना भइरहेकामा गम्भीर चिन्ता व्यक्त गर्दै विपद्मा परेका घाइते तथा प्रभावितको शीघ्र उद्धार, राहत र पुनःस्थापनामा राज्यका सबै संयन्त्र तथा नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आह्वान गरेको छ ।

मधेस प्रदेश सरकारले विपद्को उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले अवलम्बन गर्ने नीतिमा प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने जनाएको छ ।

यस्तै बैठकले जलवायु परिवर्तनका कारण पछिल्लो समय नदी प्रणालीमा आकस्मिक बाढीका घटना पटकपटक बढिरहेको भन्दै नदी किनारका बस्ती, राजमार्ग, पुल तथा अन्य पूर्वाधार संरचनाको संरक्षणसँगै आकस्मिक बाढीले तल्लो तटीय क्षेत्रमा पार्ने डुबानजन्य समस्यालाई केन्द्रमा राखेर विशेष नीति निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

मधेस प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा उद्धार र पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको मन्त्री भट्टराईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी