अस्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा नेपाल ‘ए’सामु १४१ रनको लक्ष्य

अस्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा नेपाल ‘ए’सामु १४१ रनको लक्ष्य

  • बुधबार, भदौ १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

काठमाडौँ, १० भदौः अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) ले नेपाल ‘ए’सामु जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अष्ट्रेलियाको म्यारारा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको योगफल बनायो । एसिटीका लागि डिलन हन्टरले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र एक छक्का हाने । त्यस्तै एन्स तिवारी र निक ब्रोएसले समान १९÷१९ रन बनाए भने ज्याक स्मिथले १४ रन जोडे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ३, युवराज खत्रीले २ तथा पवन सर्राफ, शाहाब आलम र बिपिन खत्रीले समान एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी