बाढीबाट भएको जनधनको क्षतिप्रति मुख्यमन्त्री भट्टद्वारा दुःख व्यक्त

बाढीबाट भएको जनधनको क्षतिप्रति मुख्यमन्त्री भट्टद्वारा दुःख व्यक्त

  • बुधबार, भदौ १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

सुदूरपश्चिम, १० भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

आज बिहान अचानक आएको बाढीका कारण नुवाकोटको बेत्रावती, बनार, त्रिशूली, देवीघाटलगायतका बजार तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्को यस घडीमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी, खोला तथा जोखिमयुक्त क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित रहन अपिल गर्नुभएको छ ।

उहाँले विपद्को समयमा एकअर्कालाई सहयोग गर्न तथा उद्धार र राहतकार्यमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले विपद्का समयमा सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने सूचना, चेतावनी र निर्देशनको पालना गरी सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्नसमेत सबैमा अनुरोध गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी