भोटेकोशी नदीमा ठुलो बाढी , पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशी नदीमा ठुलो बाढी , पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • बुधबार, भदौ १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठुलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज बिहान जिल्ला प्रशासन कार्यालय धादिङ र रसुवाले विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेर बाढी आएसँगै तटीय क्षेत्रमा विपद्को ठुलो जोखिम रहेको जनाएका छन् । चीनतर्फ भारी वर्षा भएको वा हिमताल विष्फोट भएको हुन सक्ने अनुमान गरिए पनि बाढीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको यो बाढी त्रिशूली नदी हुँदै मुग्लिनसम्म पुग्ने देखिएको छ । प्रशासनले सो क्षेत्रमा बसोबास गर्ने आम जनसमुदायलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन विशेष अनुरोध गरिएको छ ।

साथै कुनै पनि विपद्जन्य घटना घटेमा वा जोखिम देखिएमा तत्काल स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अपिल गरेको छ ।

आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरीको १११४, र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको नम्बर १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी