सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित

सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित

  • मङ्लबार, भदौ ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 684
    SHARES

काठमाडौँ, ९ भदौः सगरमाथा आरोही सङ्घको अध्यक्षमा दिवस पोखरेल निर्वाचित हुनुभएको छ ।

सङ्घको केन्द्रीय कार्यालय तिलगङ्गामा आज सम्पन्न निर्वाचनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । पोखरेल सङ्घको विधान २०५७ (संशोधन सहित २०५९) अनुसार अध्यक्ष निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, सङ्घको प्रथम उपाध्यक्षमा डिकी शेर्पा, द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल, महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा वाङ्दा शेर्पा तथा सदस्यमा लाक्पा याङ्जी शेर्पा र पासाङ ल्हामु शेर्पा निर्वाचित हुनुभएको छ ।

सङ्घले सगरमाथा आरोहीको हकहित र पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा लामो समयदेखि कार्य गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष पोखरेलले आगामी कार्यकालमा आरोहीहरूको सामाजिक सुरक्षा, वातावरणीय संरक्षण र पर्वतारोहण पर्यटनको विकासमा भूमिका खेल्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी