गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान

गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान

  • मङ्लबार, भदौ ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

ख्वप (भक्तपुुर), ९ भदौः सापारु अर्थात गाईजात्रा नजिकिएसँगै भक्तपुरका टोलबस्ती परम्परागत बाजाको धुनले गुुञ्जयमान हुन थालेका छन् ।

गाईजात्रामा निकालिने झाँकी र ¥यालीमा बजाइने बाजाको तयारी अभ्यासका सन्दर्भमा टोलबस्ती र नगर क्षेत्रमा बाजाका धुनले गुन्जायमान हुन पुगेको हो । घण्टाकर्ण अर्थात गथामङ्गलको दोस्रो दिनदेखि भक्तपुर क्षेत्रमा गाईजात्रा तयारीसम्बन्धी विभिन्न कार्यक्रम चलिरहेका छन् ।

त्यसले गाईजात्रा आउनुभन्दा १५ दिन अघिदेखि नै भक्तपुरका पुरानाबस्ती जात्रामय भइसकेको पाइएको छ । यहाँ यसअघि एक महिनासम्म चल्न गुँला पर्व साउन २८ गते सुरु भइसकेको छ । उक्त पर्वको अवसरमा यहाँ हरेक दिन बिहान बाजागाजासहित मन्दिर पक्रिममा गर्ने परम्परा छ ।

त्यसले भक्तपुरलाई बाजाले गुञ्जयमान बनाएको छ । त्यस्तै पछिल्लो समय नवयुवा पुस्तालाई आफ्नो संस्कार र सस्कृति सिकाउने सिलसिलामा हरेक टोलमा बाजा बजाउने प्रशिक्षण दिने गरिएको छ । त्यसकारण पनि टोल–टोलमा साँझ पख धाँ, धिमे, बासुरीका धुन गुञ्जयमान भएको सुन्न पाइन्छ ।

गाईजात्रामा बाजा बजाएर नगर परिक्रमा गर्न अहिले यहाँ बाजा र नृत्यसम्बन्धी विभिन्न स्थानमा प्रशिक्षण चलिरहेको छ । नेवार समुदायमा आइतबार र बिहीबार यस्तो प्रशिक्षणसहित दीक्षान्त कार्यक्रम गर्ने प्रचलनसमेत छ । दीक्षान्तमा नृत्य नाथमा पुजाअर्चना गरी आफूले सिकेको बाजा बजाउने चलन छ ।

हरेक वर्ष गाईजात्रा अघि दीक्षान्त गर्दै आएका भक्तपुर नगरपालिका–८ स्थित निओ फ्युजन बाजा समूहका अध्यक्ष सविन बनमालाले सांस्कृतिक रुपमा गाईजात्रामा नगर परिक्रमा गर्न जात्रा अघि बाजासम्बन्धी दीक्षान्त कार्यक्रम गर्दै आएको बताउनुुभयो । गाईजात्राका अवसरमा हुने घिन्तांगिसी र गाइजा नाचको प्रतियोगिताको लागिसमेत अभ्यास भइरहेको उहाँँले बताउनुुभयो ।

प्रशिक्षार्थीको दीक्षान्त भएको खुशीयालीमा भक्तपुरको टौमढीको पाँचतल्ले मन्दिर, दरवार स्क्वयार र दत्तात्रयलगायत टोलमा बाजा बजाएर परिक्रममा गर्ने चलन छ । ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरमा ८ रात ९ दिन मनाइने गाईजात्रामा मौलिक नृत्यसहित भक्तपुर परिक्रमा गर्ने परम्परा छ । यसवर्ष भदौ १५ गतेदेखि १९ गतेसम्म प्रदर्शनी गरिने ती सांस्कृतिक विधाका लागि टोलटोलमा बाजा, नाच, हास्यव्यङ्ग्य र व्यङग्यात्मक नाटकको प्रशिक्षण भइरहेको छ ।

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष गाईजात्रामा प्रदर्शन हुने बाजा र नृत्यको मूल्याङ्कन गराई पुरस्कृत गर्दै आएको छ । जात्रापछि हरेक वर्ष पर्यटन दिवसको अवसरमा ती बाजासहितको नृत्यलाई नगदसहितको पुरस्कृत गरिनेछ ।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले गाईजात्रामा हुने प्रतियोगितापछि स्थानीयमा अमूर्त सम्पदा र सांस्कृति नाचमा समेत चासो बढेको बताउनुुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी