आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन

  • मङ्लबार, भदौ ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

कञ्चनपुर, ९ भदौः आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले आय करतर्फ रु एक अर्ब राजस्व सङ्कलन गरेको छ । त्यसैगरी भ्याटतर्फ रु ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ रु ८० करोड १५ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । “आयकर लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।” कर अधिकृत बस्यालले भन्नुभयो, “गत आवमा फ्याक्ट्रीहरुले निकासी कम मात्रामा गरेकाले अन्तःशुल्क लक्ष्यअनुसार सङ्कलन हुन सकेन ।”

कार्यालयले आर्थिक वर्ष २०८१/८२ रु दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा कार्यालयले रु दुई अर्ब ८७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

कर अधिकृत वस्यालका अनुसार गत आर्थिक वर्षमा एक हजार ४०० व्यावसायिक फर्म करको दायरमा आएका छन् भने नौ हजार ९६५ जनाले व्यक्तिगत प्यान लिए । पछिल्लो समय सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपहार योजना ल्याएको छ ।

उक्त उपहार योजनामा पहिलो विजेता कञ्चनपुरकै करदाताले रु १० लाख प्राप्त गर्नुभयो । “हामी अनुगमनमा जाँदा बिल लिनेको सङ्ख्या बढेको पाएका छौँ”, उहाँले भन्नुभयो, “पहिलो उपहार विजेता यहीँको भएर पनि अहिले यो सङ्ख्या बढेको पाइएको छ ।”

कार्यालयले करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको छ । गत आवमा जिल्लाका विभिन्न स्थानमा २३ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको अधिकृत बस्यालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी