काठमाडौँ, ९ भदौः काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशेपुल प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए ।
“कठायतले महिला प्रहरीमाथि हातपात गरेकाले नियन्त्रणमा लिएका छौँ, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको छ”, प्रवक्ता थापाले भन्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline