नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौँ, ८ भदौः अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा छ चौकाको सहयोगमा ३९ रन जोडेका हुन् । त्यस्तै मायन यादवले ३१ रन बनाए भने कप्तान अनिल साहले २८ तथा लोकेश बम २० रनमा अविजित रहे । त्यसैगरी तृतराज दासले १०, नारायण जोशीले चार, पवन सर्राफले तीन, बिपिन खत्रीले दुई तथा युवराज खत्रीले र शाहब आलमले समान एक/एक रन जोडे ।

बलिङतर्फ होबार्ट हुरिकेन्स एकेडेमीका राफ म्याकमिलनले सर्वाधिक तीन विकेट लिए भने मार्कस बिनले दुई विकेट झारे । त्यस्तै ब्राड्ली होप र निवेथन राधाकृष्णनले समान एक/एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ