काठमाडौँ । बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
किशोरको बयान चलिरहेका बेला बयान कक्षमै खिचिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। संवेदनशील आपराधिक घटनामा आरोपित संग लिइएको बयानलगायत अनुसन्धानसँग सम्बन्धित सामग्री गोप्य राख्नुपर्ने भए पनि बयान कक्षमै भिडियो खिचेर सार्वजनिक भएको घटनाले प्रहरीको अनुसन्धान प्रक्रिया र संवेदनशील सूचना व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।
अनुसन्धानका क्रममा भिडियो खिच्ने प्रहरीको पहिचान भएपछि उनलाई पक्राउ गरि उनि माथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको बारा प्रहरीका एसपी कुँवरले बताए।
भिडियो खिच्ने तथा सार्वजनिक हुने प्रक्रियामा अन्य प्रहरीको भूमिका भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ।
प्रहरीले भिडियो कसरी बाहिरियो र यसमा को–को संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।