मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

महेन्द्रनगर, ८ भदौंः मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो । से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेदकोट नगरपालिका–९ का ४० वर्षीय गगनसिंह महराले चलाएको मोटरसाइकल अनियन्त्रित भई पैदलयात्रु डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्ना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते महराको महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

थापाले भन्नुभयो, “मोटरसाइकल चालक छोरा र मृतक महरा बाबु÷छोरा हुन् ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी