विकास आयोजनाको स्थलगत अनुगमन गर्दै सभापति ढकाल

विकास आयोजनाको स्थलगत अनुगमन गर्दै सभापति ढकाल

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 836
    SHARES

नारायणगढ (चितवन), ८ भदौः सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

उहाँले चितवन क्षेत्र नं १ का आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको हो ।
ढकाल चितवन जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुन् ।

सभापति ढकालसहित सङ्घीय कार्यालयअन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्ननगर नगरपालिकाका विभिन्न वडामा पुगेर गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाको प्रगति, गुणस्तर र कार्यान्वयन अवस्थाबारे सम्बन्धित अधिकारी, प्राविधिक तथा स्थानीयसँग जानकारी लिनुभएको हो ।

चालु आर्थिक वर्षमा सञ्चालन हुने नयाँ आयोजना तथा कार्यक्रमका लागि आवश्यक तयारी र सम्भावित कार्यस्थलको समेत स्थलगत अवलोकन गरी योजनालाई समयमै कार्यान्वयनमा लैजाने, गुणस्तरीय र परिणाममुखी बनाउने विषयमा सम्बन्धित निकाय तथा मन्त्रालयसँग आवश्यक समन्वय र पहल गरिने सभापति ढकालले बताउनुभयो ।

स्थलगत अनुगमन टोलीमा जिल्लास्थित सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा नारायणी तटबन्धन कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागिता थियो ।

सभापति ढकालले भन्नुभयो, “सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा तटबन्धनलगायतका क्षेत्रमा भइरहेका र आगामी योजनालाई समयमै, गुणस्तरीय र परिणाममुखी रूपमा अघि बढाउने विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिरहेका छौँ ।”

यसैबीच, सभापति ढकालले केही दिनअघि जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनका विषयमा छलफल गर्नुभएको थियो ।

विकास निर्माणका आयोजना तथा कार्यक्रम तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न तथा जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर बजेटको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निरन्तर पहल गरिने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ