एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

नेपालगञ्ज (बाँके), ८ भदौः भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो ।

अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा सङ्केतकुमार रिसालले सङ्क्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिनुभयो । अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी