शुक्रबार काठमाडौँ छाडेका प्रधानमन्त्री शाह आज फर्किँदै

शुक्रबार काठमाडौँ छाडेका प्रधानमन्त्री शाह आज फर्किँदै

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा छन्।

शुक्रबार काठमाडौँबाट पोखरा गएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए।

आइतबार मुस्ताङबाट फर्किएर उनी पोखरामै बास बसेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

‘प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन’, उनले भने, ‘सोमबार उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ।’

प्रधानमन्त्री शाह काठमाडौँदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेर पोखरा फर्किएका हुन्।

उनले शनिबार मुक्तिनाथ मन्दिरमा दर्शन गरेका थिए। निजी भ्रमण भएकाले प्रधानमन्त्री सरिक हुने कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस बसेका प्रधानमन्त्री शाह आइतबार मुस्ताङबाट फर्किएर पनि पोखराकै एक रिसोर्टमा बास बसेका छन्।

प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक परिवारका सदस्यसहित निजी भ्रमणमा निस्किएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ