भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने

भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

काठमाडौँ, ७ भदौः नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर÷ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ । काठमाडौँले तेस्रो संस्करणको एनपिएलका लागि उनलाई अनुबन्ध गरेको हो ।

भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि सातवटा टेष्ट खेलेका छन् । उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेँगलुरुबाट इण्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् । उनले प्रथम श्रेणी क्रिकेटमा छ हजारभन्दा बढी रन बनाएका छन् ।

भरतले यही वर्षको जुन महिनामा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ । ‘‘भारतका अन्तरराष्ट्रिय खेलाडी केएस भरतले आफ्नो देशका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् । विकेट पछाडि धैर्य र संयमका लागि परिचित भरतले टोलीमा अनुभव, विश्वासनीयता र सुरक्षित विकेट किपिङ ल्याउने छन्’’, काठमाडौँ गोर्खाजले उनलाई सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेको छ ।

एनपिएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुने तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी