चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

कैलाली, ७ भदौः कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका-३ ठेकीलाका रमेश पन्तको २२ वर्षीया छोरा खगराज पन्त घुम्नका लागि झरना आएका बेला शनिबार खसेर बेपत्ता भएका थिए ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा झरनासहित आसपासका क्षेत्रमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा आज झरनाबाट करिब ५०० मिटर तल पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पन्त हाल धनगढीस्थित डेनित इन्सच्युटमा कोरियान भाषा अध्ययनरत थिए । मृतकको शव परीक्षणको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैबीच, पछिल्लो समय सामाजिक सन्जालमा भाइरल चिप्ले झरनामा पर्यटकको चहलपहल बढ्दै गएको छ । झरना क्षेत्रमा चिप्लो सतह र जोखिमयुक्त भौगोलिक अवस्था रहेकाले प्रहरीले पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी