टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै

टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौँ, ६ भदौः अष्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजअन्तर्गत बङ्गलादेश हाइपरफर्मेन्स-११ विरुद्धको खेलमा नेपाल ‘ए’ पुरुष टोलीले टस हारेर ब्याटिङको मौका पाएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेटले हार व्यहोरेको थियो । नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै जितको खाता खोल्ने योजनामा छ । टप एन्ड टी-२० सिरिजको इतिहासमा बङ्गलादेशविरुद्ध नेपालको यो दोस्रो भेट हो ।

गत संस्करणमा भएको खेलमा बङ्गलादेश ‘ए’ विरुद्ध नेपाल ३२ रनले पराजित भएको थियो । जारी प्रतियोगिताका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी