नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

काठमाडौँ, ६ भदौः अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज बङ्गलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।

डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २ः१५ बजे खेल सुरु हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

नेपाल ‘ए’ ले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ । प्रतियोगिताको सुरुआतमै हार बेहोरे पनि नेपालसँग लिग चरणमा सुधारको अवसर बाँकी छ ।

नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बङ्गलादेश ‘ए’ विरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो । प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी