एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

  • शुक्रबार, भदौ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

काठमाडौँ, ५ भदौ : अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा नेपाल ए ले नर्दन टेरिटोरीको एनटी स्ट्राइकलाई जितको लागि १२३ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२२ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४१ रन बनाएका हुन् ।

त्यसैगरी लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए भने नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे । कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ तथा तृत राज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए ।

राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए । शाहब आलम र रिजान ढकाल शुन्यमा अविजित रहे ।

यता एनटी स्ट्राइका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डी’आर्सी सर्टले समान एक–एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी