यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व सङ्कलन

  • शनिबार, साउन ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

दाङ, ३० साउनः यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट रु ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व सङ्कलन भएको हो ।

चालक अनुमतिपत्रबाट रु १० करोड ९५ लाख १६ हजार २९१, आयकरबाट रु तीन करोड ६६ लाख २१ हजार ७५, बाँकी पटके कर, जाँचपासलगायत विभिन्न शीर्षकबाट सङ्कलन भएको उहाँले बताउनुभयो । सूचना अधिकारी शर्माका अनुसार कार्यालयले आव २०८१/८२ मा रु ५४ करोड राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलना बितेको आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको हो ।

गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा सो कार्यालयमा गरिएको आगजनी तथा तोडफोडबाट कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै कागतपत्र जलेर नष्ट भएको थियो । त्यसपछि उक्त कार्यालयले जलेको भवनका दुई कोठा मर्मत गरी तत्काल सेवा प्रवाह गरेकाले राजस्व सङ्कलन वृद्धि भएको कार्यालयका निमित्त प्रमुख केशव घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ८८ हजार ७९ मोटरसाइकल, २५ हजार २०१ जीप, कार, बसलगायत चार पाङ्ग्रे गरी एक लाख १३ हजार ७७० सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालयले अहिले पनि सोही कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ