परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

  • शनिबार, साउन ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

काठमाडौँ, ३० साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताउनुभएको छ । महर्षि कलेज सामाखुशीले आज यहाँ आयोजना गरेको ‘स्वागत अभिमुखीकरण तथा सांस्कृतिक’ कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सूचना प्रविधिमार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह गर्नुभयो । उहाँले शिक्षा सँगसँगै मानसिक स्वास्थ्यलाई पनि विद्यार्थीले ख्याल दिनुपर्ने बताउनुभयो ।

शिक्षा विकास तथा इकाई समन्वय काठमाडौँका प्रमुख सुरेश जोशीले छोटो समयमा महर्षि विद्यालयले नेपालको शिक्षा क्षेत्रमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । शिक्षा भनेको व्यक्तिभित्र रहेको प्रतिभालाई उजागर गरेर देखाउने माध्यम भएको उहाँको भनाइ थियो ।

कलेज सञ्चालक समितिका अध्यक्ष एवं पूर्वसांसद प्रकाशचन्द्र दवाडीले २० वर्षको इतिहास बोकेको महर्षि कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा निरन्तर काम गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार, बेलिमाया पुलामीमगरलगायतले सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो भने विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ