महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट

महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

गण्डकी, २९ साउनः पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालस्थित रसियन दूतावासकी काउन्सिलर तथा काठमाडौँस्थित रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले आज भेटवार्ता गर्नुभएको छ ।

नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा पोखरामा भएको भेटवार्तामा पोखरा र रसियाका नगरहरूबीच भगिनी सम्बन्ध कायम गर्दै दुईपक्षीय हित तथा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको हो ।

भेटमा पर्यटन, सूचना प्रविधि, स्थानीय उत्पादन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको जनाइएको छ ।

महानगर प्रमुख आचार्यले पोखरा र रसियाका नगरबीच भगिनी सम्बन्ध कायम गरी पर्यटन, संस्कृति, प्रविधि तथा स्थानीय उत्पादनका क्षेत्रमा दीर्घकालीन सहकार्य अघि बढाउन सकिने बताउनुभएको थियो । उहाँले यस्ता सहकार्यले दुई देशका स्थानीय तहबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने, सूचना प्रविधिको क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने र दुवै देशका नगरबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा जोड दिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ