वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड

वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

काठमाडौँ, २९ साउनः त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले वन विज्ञानलाई विकासको आयामका रूपमा लिनुपर्नेमा बताउनुभएको छ । विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानको ५४औँ वार्षिकोत्वसका अवसरमा आज कीर्तिपुरमा आयोजित ‘भविष्यका लागि वन’ सम्मेलनको उद्घाटन सत्रमा उपकुलपति थापाले वन क्षेत्रका विज्ञका साथै आम समुदायले वन संरक्षणमा उत्तिकै योगदान गर्दै आएको र यस क्षेत्रमा अझै धेरै काम गरिनुपर्नेमा जोड दिनुभयो ।

“वन हाम्रो इतिहासमात्र होइन, भविष्य पनि हो । वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रा दायित्व छन् । अहिले हामीले वन संरक्षणका लागि अहिले कुनै योगदान गर्न सकेमा त्यो भावी पुस्ताका लागि त्यो देन हुनेछ”, उपकुलपति डा थापाले भन्नुभयो, “मैले काठमाडौँ विश्वविद्यालयमा रहँदा ‘जिओम्याटिक इन्जिनियरिङ’को पाठ्यक्रम लागू गराएको थिएँ । त्रिविको वन विज्ञान अध्ययन संस्थानका योजनालाई अगाडि बढाउन विश्वविद्यालय प्रशासनले गर्नुपर्ने काममा हामी लाग्ने नै छौँ ।”

संस्थानका प्रमुख डा ठाकुर सिलवालले अध्ययन संस्थान वन क्षेत्रको तालिम केन्द्रका रूपमा पनि रहेको बताउँदै यसले वन क्षेत्रको संरक्षण र आर्थिक विकासमा योगदान दिँदै आएको बताउनुभयो । उहाँका अनुसार सम्मेलनबाट प्राप्त सुझावका आधारमा वन संरक्षण र दिगो विकासका आयामलाई मार्गदर्शन मिल्ने जनाउनुभयो । सम्मेलनमा विश्वविद्यालयका डिनहरू, प्राध्यकपक, वन क्षेत्रका विज्ञ र संरक्षणकर्ताबीच विषयगत छलफल हुनेछ ।
—

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ