एसीसी प्रिमियर कपको तयारी: नेपाली टोली भारत प्रस्थान, मैदानबाटै आलोचनाको जवाफ दिने कप्तान सन्दीपको दाबी

एसीसी प्रिमियर कपको तयारी: नेपाली टोली भारत प्रस्थान, मैदानबाटै आलोचनाको जवाफ दिने कप्तान सन्दीपको दाबी

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

साउन २९, २०८३ (काठमाडौँ) काठमाडौँ : मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको विशेष तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार काठमाडौँमा एक विशेष बिदाइ कार्यक्रमको आयोजना गरी सन्दीप लामिछानेको कप्तानीमा रहेको राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीले भारतमा १० दिनसम्म सघन अभ्यास गरेपछि त्यहीँबाट सिधै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ। एसीसी प्रिमियर कप आगामी अगस्ट २९ देखि मलेसियामा सुरु हुँदैछ।

बिदाइ कार्यक्रममा बोल्दै टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई सुधार्दै अघि बढ्ने बताए। टोलीमा अनुभवी र युवा खेलाडीको उत्कृष्ट सम्मिश्रण रहेकाले आगामी खेलहरू रोमाञ्चक हुने उनको भनाइ थियो। “हामी विगतका गल्तीबाट पाठ सिक्दै र प्राप्त आलोचनाहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै अघि बढ्छौँ,” कप्तान लामिछानेले भने, “सबै आलोचनाको उचित जवाफ मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत नै दिनेछौँ।”

स्टुअर्ट लमुख्य प्रशिक्षक स्टुअर्ट लले आईसीसी विश्वकप लिग–२ का क्रममा देखिएका कमजोरीहरूलाई सुधार्न र नयाँ रणनीति विकास गर्न भारतको अभ्यास सत्र अत्यन्तै महत्त्वपूर्ण हुने बताए। मलेसियाको पिच ‘कम गति र स्पिनर अनुकूल’ हुने भएकाले नेपाली टोलीको स्पिन बलिङ आक्रमणलाई त्यसले थप फाइदा पुग्ने उनको आकलन छ। त्यस्तै क्यानका सचिव पारस खड्काले नेपाली टोलीले भारतमा राम्रो तयारी गरेर मलेसियामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ