रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

रोल्पा, २९ साउनः रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उहाँकी श्रीमती शनी घर्तीमगर र उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगरसमेत पुरिएका छन् । प्रहरीले स्थानीयको सहयोगमा पहिरो हटाउने तथा खोजी गर्ने कार्य जारी राखेको छ ।

यसैगरी, सुनछहरी गाउँपालिका–२ गिट्ठे गाउँमा समेत लादे बुढामगरको घरसमेत पहिरोले पुरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । अहिले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । (तस्बिर सौजन्य जिल्ला प्रहरी कार्यालय रोल्पा)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ