पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ । श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले बिहिबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिनाआधार र कारण पक्राउ गरिएकाले तत्काल थुनामुक्त गर्न माग गर्नुभएको हो ।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाण्डौले तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले जनआस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर श्रेष्ठलाई बुधबार ललितपुरमा रहेको उहाँकै निवासबाट पक्राउ गरेको थियो ।

प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारेर कम्प्युटरलगायत केही कागजातसमेत नियन्त्रणमा लिएको थियो । श्रेष्ठको पक्राउप्रति पत्रकार तथा सञ्चारसम्बद्ध संघसंस्थाले विरोध जनाएका छन् ।

समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाइको माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ