महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ प्रतिनिधिबिच भेटवार्ता: रोजगारी सृजना र सीप विकासमा सहकार्य बढाउने सहमति

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ प्रतिनिधिबिच भेटवार्ता: रोजगारी सृजना र सीप विकासमा सहकार्य बढाउने सहमति

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) बिच श्रम बजार सुधार, रोजगारी सृजना, सीप विकास र उद्यमशीलताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र आईएलओ नेपालका देशीय निर्देशक नुमान ओजकानबिच टेकूस्थित महासंघ सचिवालयमा भएको भेटवार्तामा दीर्घकालीन सहकार्यलाई परिणाममुखी बनाउने विषयमा गहन छलफल भएको हो। भेटका क्रममा अध्यक्ष श्रेष्ठले युवाको वैदेशिक पलायन, सीप र रोजगारीबिचको असन्तुलन तथा न्यून उत्पादकत्व नेपालको प्रमुख चुनौती रहेको औँल्याउँदै निजी क्षेत्रलाई गुणस्तरीय रोजगारी सृजनाको वातावरण बनाउन आग्रह गर्नुभयो।

जवाफमा आईएलओका देशीय निर्देशक ओजकानले व्यवसाय वृद्धि, रोजगारी सृजना, जलवायु परिवर्तन र श्रम बजारका नयाँ चुनौती सम्बोधन गर्न महासंघसँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो। सो अवसरमा महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजङ्ग पाण्डेले श्रम कानुन सुधार प्रक्रियालाई समावेशी, पारदर्शी र त्रिपक्षीय संवादमा आधारित बनाउनुपर्नेमा जोड दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी