राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

काठमाडौँ, २८ साउनः राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रस्ताव पेस गर्दै मन्त्री पौडेलले प्राकृतिक वा अन्य प्राविधिक कारणले उडान ढिलाइ भएमा दायित्व सिर्जना नहुने व्यवस्था विधेयकमा रहेको बताउनुभयो । उहाँले युरोपको आकाशमा नेपाली विमानलाई उडान सुरक्षाको सूचिमा राखेको अवस्थामा सो सम्बन्धमा फुकुवाका लागि काम भइरहेको जनाउँदै अबको छ महिनाभित्र कामको नतिजा देखिने बताउनुभयो ।

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू सोनाम गेल्जेन शेर्पा, गीता देवकोटा, प्रेमप्रसाद दङ्गाल, पदमबहादुर परियार, सम्झना देवकोटा, भुवनबहादुर सुनार, युवराज शर्मा, रुक्मिणी कोइराला, नारायणदत्त मिश्रले आ-आफ्ना धारणा राख्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक आगामी भदौ १ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ