प्रहरी हिरासतमा सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

प्रहरी हिरासतमा सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई बिहीबार आज  रिट दायर गरेका हुन् । उक्त रिटको सुनुवाइ भाेलि शुक्रबारका लागि पेसी तोकिएको छ।

निवेदक चौधरीले नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धान गर्ने अधिकारी भएका सरकारी निकायका भवनहरूमा कुनै पनि भाग नछुट्ने गरी रातको समयमा पनि स्पष्ट देखिने (नाइट भिजन), अडियो र भिडियो दुवै रेकर्ड हुने प्रविधि जडान गर्न र उक्त फुटेज कम्तीमा १२ देखि १८ महिनासम्म सुरक्षित राख्ने कानुनी व्यवस्था गर्न परमादेशको माग गरेको छ।

निवेदनमा  साथै पक्राउ परेको समयदेखि नै डिजिटल अभिलेख राख्ने गरी एकीकृत मापदण्ड निर्माण गर्न समेत माग गरिएकाे छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ