दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौँ, २८ साउनः सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै आइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव उद्घाटन समारोहमा सो कुरा बताउनुभएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हकलाई सुनिश्चित गर्न दुर्गम क्षेत्रमा खाद्य उपलब्ध गराउँदै आइरहेको स्पष्ट पार्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले कम्पनीले व्यवस्थापन क्षेत्रमा भएका कमीकमजोरीलाई सच्चाएर छिटो र छरितो ढङ्गले कार्यसम्पादन गर्नका लागि निर्देशन दिनुभयो ।

विश्व खाद्य कार्यक्रमका कन्ट्रि डाइरेक्टर रियाज लोदीले विश्व खाद्य कार्यक्रमले नेपालमा पोषणसम्बन्धी कार्यक्रम सरकारसँग साझेदारी गरेर गर्दै आइरहेको बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यकारी निर्देशक डिल्लीराज लम्सालले कम्पनीले पछिल्लो समय बहुआयामिक ढङ्गले सुधारको काम गर्दै आइरहेको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ