विद्युत् आपूर्ति नियमित गर्न आग्रह

विद्युत् आपूर्ति नियमित गर्न आग्रह

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

वीरगञ्ज (पर्सा), २८ साउनः जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालय समयमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा नियमित नभएपछि राजस्व सङ्कलनलगायत कार्य प्रभावित भएको जनाउँदै ती सेवालाई नियमित तुल्याउन प्रदायक संस्थालाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “विद्युत् तथा इन्टरनेट सेवा नियमित गर्ने विषयलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ । केही समयमै यो समस्या समाधान हुने विश्वास लिइएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ