मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

सुदूरपश्चिम, २८ साउनः सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ ।

बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिनुभयो ।

यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको उहाँले बताउनुभयो । सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उहाँले विश्वासको मत दिन लाग्नुभएको हो ।

बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाउनुभएको थियो । सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन् । तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८, नेपाली कम्युनिष्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन् । हाल एक जना देश बाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ