रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

रोल्पा, २८ साउनः थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये एक जनाको शव फेला परेको छ ।

घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर, ६७ वर्षीया हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थल पुगी बेपत्ताहरुको खोजीकार्यमा संलग्न रहेकोे जानकारी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ