बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी: ५ दिनभित्र ४जी सेवा सञ्चालन हुने

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी: ५ दिनभित्र ४जी सेवा सञ्चालन हुने

  • बिहिबार, साउन २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौँ, २८ साउन। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत सञ्चार उपकरणहरू ढुवानी गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि भौगोलिक विकटता र सडक सञ्जालको अभावलाई मध्यनजर गर्दै समुद्री सतहबाट करिब ४,२०० मिटरको उचाइमा रहेका उपकरणहरू पुर्‍याइएको हो। मौसम प्रतिकूलताका कारण केही दिन ढिलाइ भए पनि सामग्री जडानस्थलमा पुगेपछि आगामी ५ दिनभित्रै सो क्षेत्रमा ४जी सेवा सञ्चालनमा ल्याउने लक्ष्य टेलिकमले राखेको छ।

उच्च हिमाली क्षेत्र भएकाले हेलिकप्टरबाट झारिएका करिब ४ हजार किलोग्राम उपकरणहरू जडानस्थलसम्म लैजान जनशक्तिमार्फत बोकाउनुपर्ने र उच्च उचाइमा काम गर्ने प्राविधिक टोली खटाउनुपर्ने चुनौती टेलिकमका अगाडि छ। यसका लागि बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखहरूसँग स्थानीय सहयोग र समन्वय भइरहेको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयले जनाएको छ। सञ्चार सेवाको पहुँच पुगेसँगै बडीमालिका पुग्ने हजारौँ तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दालाई सूचना आदानप्रदानमा ठूलो राहत मिल्ने विश्वास गरिएको छ।

सरकारले दुर्गम र धार्मिक-पर्यटकीय क्षेत्रमा ‘डिजिटल डिभाइड’ घटाउन र सञ्चार पहुँच पुर्‍याउन प्राथमिकता दिएअनुसार यो कदम चालिएको हो। नेपाल टेलिकमले यसअघि डोल्पाको त्रिपुरासुन्दरी र ताप्लेजुङको ओलाङचुङगोला जस्ता विकट हिमाली भेगमा ४जी सेवा पुर्‍याइसकेको छ भने आगामी दिनमा सगरमाथा आधार शिविर क्षेत्रमा पनि सेवा विस्तारको अध्ययन गरिरहेको छ। चालू आर्थिक वर्षमा देशभर १,६०० नयाँ टावर निर्माण गर्न ६ अर्बभन्दा बढी लगानी गर्दै टेलिकमले दूरसञ्चार पूर्वाधारलाई थप सुदृढ बनाउने योजना बनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी