निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रिय सभामा गृहमन्त्री: ‘म यसको उत्तर दिन चाहन्न, सदनमा प्रश्न नउठाउनू’

निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रिय सभामा गृहमन्त्री: ‘म यसको उत्तर दिन चाहन्न, सदनमा प्रश्न नउठाउनू’

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रिय सभामा सोधिएको प्रश्नको उत्तर दिन गृहमन्त्री सुधन गुरुङले अस्वीकार गरेका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा सञ्चालित प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका थिए।
सांसदको प्रश्नको उत्तर दिँदै गृहमन्त्री गुरुङले विषय अत्यन्तै संवेदनशील भएको भन्दै उल्टै प्रश्न गरे, “हजुर सत्तामा हुँदा किन नगर्नु भएको हो?”

 ‘आमाको घाउ कोट्याउने काम नगरौँ, व्यक्तिगत रूपमा सोध्नुस्’

गृहमन्त्री गुरुङले निर्मला हत्या प्रकरणलाई संसदमा धेरै कोट्याउन नहुने तर्क गरे।
“आमाको घाउलाई कोट्याइरहने हो कि संसदमार्फत न्याय दिने हो? धेरै कुरा बोल्न सक्दिनँ, बोल्नु पनि हुँदैन। सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ,” गृहमन्त्री गुरुङले भने, “यो प्रश्न नउठाइदिनुहुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रूपमा सोध्नुहोला, यो विषय सदनमा बारम्बार कोट्याउनु हुँदैन।”

 पूरक प्रश्नमा कडा अडान: ‘म उत्तर दिन्नँ’

गृहमन्त्रीको जवाफपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई पूरक प्रश्न सोध्न समय दिएका थिए।
सांसद विश्वकर्माले मन्त्री र सरकारलाई प्रश्न सोध्नु आफ्नो विधायिकी अधिकार रहेको स्पष्ट पार्दै पुनः सोधे, “निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन्?”
त्यसपछि अध्यक्ष दाहालले पुनः उत्तरका लागि समय दिएपछि गृहमन्त्री गुरुङले छोटो प्रतिक्रिया दिँदै भने, “म यसको उत्तर दिन चाहदिनँ।”
गृहमन्त्रीले सार्वजनिक महत्त्वको र लामो समयदेखि अनिर्णित रहेको गम्भीर अपराधको अनुसन्धानबारे संसदमा उत्तर दिन अस्वीकार गरेपछि राष्ट्रिय सभामा केही बेर अन्योल र चासो बढेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी