नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।
परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका विभिन्न उम्मेदवारहरूबीच पारदर्शी छनोट प्रक्रिया पश्चात् डा. आलम अध्यक्षमा चयन भएका हुन्।
नवनियुक्त अध्यक्ष डा. आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
परिषद्लाई पारदर्शी र प्रभावकारी बनाउन मन्त्रीको निर्देशन
शपथ ग्रहण समारोहमा मन्त्री निशा मेहताले नवनियुक्त अध्यक्ष आलमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। साथै, उनले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाएर अघि बढाउन निर्देशन दिएकी छन्।
मन्त्री मेहताले औषधि सेवाको गुणस्तर अभिवृद्धि, फार्मेसी शिक्षाको नियमन, पेसागत मर्यादा कायम राख्ने तथा आम नागरिकमा फार्मेसी क्षेत्रप्रतिको जनविश्वास बढाउने काममा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन्।