सुनसरी र मधेस घटना: गृहमन्त्रीले ठोस सम्झौता गर्नुभएको छैन, संवादको ढोका मात्र खुला छ – सरकार

सुनसरी र मधेस घटना: गृहमन्त्रीले ठोस सम्झौता गर्नुभएको छैन, संवादको ढोका मात्र खुला छ – सरकार

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

सुनसरी र मधेस घटना: गृहमन्त्रीले ठोस सम्झौता गर्नुभएको छैन, संवादको ढोका मात्र खुला छ – सरकार

मिरमिरे अनलाइन, काठमाडौँ।

सरकारले सुनसरी र मधेस प्रदेशमा भएका हालैका झडप तथा घटनाका सन्दर्भमा गृहमन्त्री सुधन गुरुङद्वारा कुनै विशेष वा ठोस सम्झौता नभएको स्पष्ट पारेको छ।

मंगलबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको तराई भ्रमण र आन्दोलनरत पक्षसँग भएका भनिएका सहमतिबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

मन्त्री पोखरेलका अनुसार गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग भेटघाट गरी वस्तुस्थितिको जानकारी मात्र लिएका हुन्। सरकार समस्या समाधानका लागि संवाद गर्न सधैँ तयार रहेको सन्देश मात्र गृह प्रशासनले दिएको उनले बताए।

“कुनै विषयमा पोजेटिभ-नेगेटिभ हुने गरी सम्झौता भएको छैन”

पूर्वी तराईका जिल्ला भ्रमणका क्रममा गृहमन्त्री गुरुङले ‘हिन्दु सम्राट सेना’ तथा आन्दोलनका पीडित पक्षहरूसँग भेटघाट र छलफल गरेका थिए। सो क्रममा बाहिर आएका सम्झौताका खबरबारे प्रष्टीकरण दिँदै मन्त्री पोखरेलले कुनै विशेष बुँदामा अडिएर सम्झौता नभएको दाबी गरे।

“गृहमन्त्रीज्यूले विभिन्न स्टेकहोल्डरहरूसँग भेट्नुभयो, कुराकानी पनि गर्नुभयो। तर सरकारको तर्फबाट कुनै एउटा विषयवस्तुमा पोजेटिभ वा नेगेटिभ हुने गरी सम्झौता भएको छैन,” मन्त्री पोखरेलले भने, “कुनै विशेष बुँदामै रहेर प्रश्न उठे त्यसको विस्तृत जानकारी स्वयम् गृहमन्त्रीज्यूले नै गराउनुहुनेछ।”

छानबिन समितिको प्रतिवेदनपछि थप कदम

हालका लागि आन्दोलनरत पक्षका मागहरू र समग्र शान्ति सुरक्षाको अवस्थाबारे संवादको ढोका मात्र खुला राखिएको र कुनै ठोस सहमति भइनसकेको सरकारको अडान छ।

मन्त्री पोखरेलका अनुसार घटनाबारे सत्यतथ्य बुझ्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएपछि सोही रिपोर्टका आधारमा दोषीमाथि कारबाही र थप प्रक्रिया अगाडि बढाइनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी