तराई-मधेशको अवस्थाबारे गृहमन्त्री सुधन गुरुङद्वारा प्रधानमन्त्री बालेनलाई २५ मिनेट ‘ब्रिफिङ’

तराई-मधेशको अवस्थाबारे गृहमन्त्री सुधन गुरुङद्वारा प्रधानमन्त्री बालेनलाई २५ मिनेट ‘ब्रिफिङ’

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 931
    SHARES

तराई-मधेश क्षेत्रमा देखिएको पछिल्लो सुरक्षा अवस्थालाई लिएर गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई विशेष ‘ब्रिफिङ’ गरेका छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहलाई तराई-मधेशको पछिल्लो वस्तुस्थितिबारे जानकारी गराएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच करिब २५ मिनेट तराई-मधेशको सुरक्षा संवेदनशीलता र उत्पन्न परिस्थिति नियन्त्रणका उपायबारे छलफल भएको थियो।

सुनसरी र सिरहा घटनाको स्थलगत अध्ययनपछि प्रधानमन्त्रीसँग भेट

सुनसरीको कप्तानगञ्जमा गत साउन ९ गते दुई समूहबीच भएको विवादले उग्र रूप लिँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। सोही झडपमा गम्भीर घाइते भएका अन्य दुई युवक २२ वर्षीय जयप्रकाश मेहता र २१ वर्षीय रवीन्द्रकुमार मेहताको पनि उपचारका क्रममा ज्यान गएको थियो।

कप्तानगञ्ज घटनाको असर फैलिँदै जाँदा सिरहा, धनुषालगायतका छिमेकी जिल्लाहरूमा पनि झडपका घटना भएका थिए। सिरहाको गोलबजारमा भएको झडपमा गोली लागेर स्थानीय गणेश यादवको समेत मृत्यु भएको थियो।

घटनापछि उत्पन्न तनाव कम गर्न र मृतकका परिवारसँग सहमति जुटाउन गृहमन्त्री गुरुङ आफैँ सुनसरी र सिरहा पुगेर आसपासका क्षेत्रको स्थलगत अवलोकन गरेका थिए।

तराई-मधेशको अवस्था ‘संवेदनशील’

स्थानीय तहको निरीक्षण र सरोकारवालाहरूसँगको छलफलपछि काठमाडौँ फर्किएका गृहमन्त्री गुरुङले तराई-मधेशको अवस्था अझै पनि संवेदनशील रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, थप हिंसा भड्किन नदिन र पीडित पक्षका माग सम्बोधन गर्न सरकारका तर्फबाट चालिनुपर्ने कदमबारे भेटमा गहन छलफल भएको जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी