काठमाडौँ, १९ साउन । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज नेपालका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार दिउँसो ३ बजे मन्त्रालयमा हुने उक्त छलफलमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।
बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका उपायहरूको प्रभावकारी कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्था र चुनौतीबारे जानकारी लिन अर्थमन्त्रीले बैंकका सीईओहरूलाई बैठकमा बोलाएका हुन्।
उक्त बैठकमा वर्तमान बैंकिङ प्रणालीको अवस्था, कर्जा प्रवाह, ब्याजदर तथा समग्र आर्थिक सुधारका आगामी रणनीतिका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline