साउन, १८ काठमाडाैं । स्वास्थ्य उपचार ओपीडी सेवामा बीमा सेवा खुलेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा सेवाग्राहीकाे भीड लागेकाे छ । अस्पतालले यहि साउन १ गतेबाट ओेपीडीमा स्वास्थ्य बीमा गरेका सेवाग्राहीकाे सरकारले दिने बीमा रकमबाट उपचार सेवा सुरू गरेकाे हाे ।
यसअघि लामाे समयसम्म अस्पतालले उपचार गरिदिएवापतकाे कराेडाैं ,कम उप्लब्ध नगराएकाे जनाउँदै बीमितकाे उपचार बन्द गर्दै आइरहेकाे थियाे । टिचिङ हाताभित्र सञ्चलित मनमाेहन कार्डियाे, गणेशमान बाल उपचार लगायत सबै स्वास्थ्य संस्थाले बीमा उपचार सेवा दिन थालेका छन् ।
यसअघि इमर्जेन्सी, ओपीडी र भर्ना सबैमा बीमा सेवा दिँदै आएकामा वर्तमान सरकार गठन भएपछि जेठ १६ बाट ईमर्जेन्सीमामा सेवा कायम गरिएकाे थियाे । त्यसकाे चर्काे विराेध भएपछि साउनबाट ओेपीडीमा पनि बीमा सेवा दिन थालिएकाे हाे ।
