दिवंगत पर्वतारोही निर्मल पुर्जासहितका आरोहीहरूको शव उद्धार कार्य जारी

दिवंगत पर्वतारोही निर्मल पुर्जासहितका आरोहीहरूको शव उद्धार कार्य जारी

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ — पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ‘ब्रड पिक’ क्षेत्रमा हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जासहित अन्य आरोहीहरूको शव उद्धारका लागि खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारीमा जुटेको छ।

उद्धार अभियानको ग्राउन्ड टिमले दिएको जानकारी अनुसार पहिलो चरणमा हिमपहिरोमा परेर निधन भएका पर्वतारोहीहरूको पार्थिव शरीरलाई क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबारसम्म जापानी क्याम्पसम्म पुर्‍याउने योजना बनाइएको छ।

मौसम र हिमालको स्थिति अनुकूल रहेमा जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई सुरक्षित स्थानमा लगिने ग्राउन्ड टिमले जनाएको छ। दिवंगत आरोहीहरूका शवलाई सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउन टोली निरन्तर खटिरहेको छ।

गत बिहीबार (१४ साउन) मध्याह्नतिर पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ब्रोड पिकमा गएको भयानक हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए। उक्त टोलीका नेता निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार मात्र भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी