हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधन

हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधन

  • शनिबार, साउन १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

पाकिस्तानको ब्रोड पिक (Broad Peak) हिमाल आरोहणका क्रममा गएको बिनासकारी हिमपहिरोमा परी विश्वचर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित १० जना आरोहीको ज्यान गएको छ। गत बिहीबार ६ हजार ६ सय मिटरको उचाइमा (क्याम्प २ र ३ को बीचमा) गएको हिमपहिरोमा परी ६ नेपालीसहित १० जनाको टोली बेपत्ता भएको थियो।

हिमपहिरोमा परेका आरोहीहरूको खोजी तथा उद्धारका क्रममा सबैको निधन भएको पुष्टि भएको हो। शुक्रबार फेला परेका चार शवमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, अमेरिकी नागरिक म्यालोरी गाइस र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको थियो।

प्रधानमन्त्रीद्वारा भावपूर्ण श्रद्धाञ्जली

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भन्नुभएको छ, “सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।”

ज्यान गुमाउने आरोहीहरू

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाउने नेपाली आरोहीहरूमा:

  • निर्मल पुर्जा ‘निम्सदाइ’

  • पुरबहादुर गुरुङ

  • निमा शेर्पा

  • किली पेम्बा शेर्पा

  • ग्यालु शेर्पा

  • नवाङ थिन्दु शेर्पा रहेका छन्।

यस्तै, ज्यान गुमाउने अन्य चार विदेशी आरोहीहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, अमेरिकाकी म्यालोरी गाइस, चीनका वाङ झोङ र पाकिस्तानका सोहेल साखी रहेका छन्।

विश्व पर्वतारोहणमा अपूरणीय क्षति

सन् २०१९ मा ८,००० मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर अभूतपूर्व विश्व कीर्तिमान बनाएका पूर्वगोर्खा सैनिक निर्मल पुर्जाको यो अनपेक्षित निधनले विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ। उनको यही साहसिक यात्रामा आधारित ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामको नेटफ्लिक्स वृत्तचित्र विश्वभर निकै लोकप्रिय रहेको छ।

सगरमाथाको भिडको चर्चित तस्वीरदेखि लिएर कठिन परिस्थितिमा गरिएका जोखिमपूर्ण उद्धारसम्मे पुर्जाले पर्वतारोहणको क्षेत्रमा छुट्टै पहिचान र साख बनाएका थिए। उनको यो दुःखद अवसानले नेपाली पर्वतारोहण र साहसिक पर्यटनको क्षेत्रमा कहिल्यै पुरिन नसक्ने क्षति पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी