मधेश प्रदेशका ११ केन्द्रमा हुन लागेको एमबीएस परीक्षा स्थगित

मधेश प्रदेशका ११ केन्द्रमा हुन लागेको एमबीएस परीक्षा स्थगित

  • शुक्रबार, साउन १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

१५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । त्रिविका रजिस्ट्रार महानन्द चालिसेले असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको बताए ।

त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन् ।

यसैगरी महेन्द्र विन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रका परीक्षा पनि स्थगित भएका छन् ।

यी बाहेकका अन्य केन्द्रमा भने पूर्वनिर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ ।

स्थगित भएको परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने त्रिविका सहायक डीन डा. भरत राईले जारी गरेको सूचनामा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी