विश्वकप लिग–२: अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, सान्त्वना जितको खोजीमा नेपाल

विश्वकप लिग–२: अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, सान्त्वना जितको खोजीमा नेपाल

  • बुधबार, साउन १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ। आइसिसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो सुरु हुनेछ।

नेदरल्यान्ड्समा जारी यस शृङ्खलामा नेपालको प्रदर्शन बिर्सनलायक बनेको छ। सुरुवाती तीनवटै खेलमा लगातार हार बेहोरेको नेपाल आजको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै भ्रमणको अन्त गर्न चाहन्छ।

नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेटले र दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। यस्तै, तेस्रो खेलमा नामिबियाविरुद्ध उत्कृष्ट पुनरागमन गरे पनि नेपाल सम्हालीन नसक्दा ३ रनको झिनो अन्तरले पराजित हुन पुग्यो।

जारी शृङ्खलामा नेपालको मुख्य समस्या ब्याटिङ लाइनअपमा देखिएको छ। तीनवटै खेलमा नेपाली ब्याटरहरू चल्न सकेका छैनन्। यता बलिङतर्फ नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने पनि लगातार तीन खेलमा विकेटविहीन बन्न पुगेका छन्, जसले नेपालको बलिङ धारलाई केही कमजोर बनाएको छ।

यसैबीच, शृङ्खलाकै दौरान नेपालका तीव्र गतिका बलर नन्दन यादव ह्याम्स्ट्रिङ इन्जुरी (मांसपेसीको समस्या) का कारण टोलीबाट बाहिरिएका छन्। उनको अनुपस्थितिले तीव्र गतिको बलिङमा नेपाललाई थप धक्का लागेको छ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, इशान पाण्डे, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन कुमाल र विनोद भण्डारी।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी