सुनसरी घटनामा बालेन शाह: ‘मन दुख्नु सामान्य कुरा होइन, तर सबै संयमीत बनौँ’

सुनसरी घटनामा बालेन शाह: ‘मन दुख्नु सामान्य कुरा होइन, तर सबै संयमीत बनौँ’

  • बुधबार, साउन १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES
balen shah

काठमाडौँ — सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै बालेन्द्र शाह (बालेन)ले सबैलाई संयमीत हुन आग्रह गरेका छन्। मध्यराति सामाजिक सञ्जाल फेसबुकमा उनले सुनसरी घटनाले समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्था आएको बताएका छन्। यसबाट केवल दायित्वको रूपमा मात्र नभएर यही देशको नागरिकका रूपमा पनि आफू दुःखी भएको उनको भनाइ छ।

‘सुनसरी घटनाबाट ज्यान गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु,’ उनले भनेका छन्, ‘सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ। फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।’

सुनसरी घटना मन दुःख्दा सिर्जना भएको उनको बुझाइ छ। उनले मन दुख्नु सामान्य कुरा नभएको पनि बताएका छन्।

‘मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन। तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो। समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो,’ उनले भनेका छन्, ‘मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन। तर पनि घटनाक्रमहरू अशान्त भए।’

उनले यस देशका नागरिकका रूपमा पनि आफू सुनसरीमा भएका घटनाक्रमबाट दुखी भएको बताएका छन्। उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना पनि गरेका छन्।

‘यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ,’ उनले भनेका छन्, ‘घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन्। सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु। सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ।’

सुनसरी घटनाले सिर्जना गरेका सम्पुर्ण घटनाका बारेमा गम्भीर भएर समीक्षा भएको पनि उनले बताएका छन्।

‘तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमका बारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ,’ उनले भनेका छन्, ‘मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पूरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ। त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला। हामीलाई धर्मले सिकाउने पनि त्यहि हो।’

उनले मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु भएकोमा जोड दिएका छन्।

‘मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। र, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ,’ उनले भनेका छन्, ‘म फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ।’

बालेन शाहको भनाइको पूर्णपाठ:
“नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए।

प्रधानमन्त्रीका रूपमा मात्र होइन, यहि देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।

यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पुर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको छ । तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमका बारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ।

मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यहि हो।

मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ।

फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी