भारतद्वारा प्रधानमन्त्री बालेन शाहलाई भ्रमणको औपचारिक निमन्त्रणा, मिति तय हुन बाँकी

भारतद्वारा प्रधानमन्त्री बालेन शाहलाई भ्रमणको औपचारिक निमन्त्रणा, मिति तय हुन बाँकी

  • मङ्लबार, साउन १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ। भारत सरकारले नेपालका नवनिर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई औपचारिक रूपमा भारत भ्रमणको निमन्त्रणा पठाएको छ।

भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो पठाइएको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले “के भारतले नेपालका नयाँ प्रधानमन्त्रीलाई भ्रमणको निमन्त्रणा पठाएको हो?” भनी सोधेको प्रश्नको उत्तर दिँदै प्रवक्ता जैसवालले भने, “हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ।”

विशेष दूतबारे अनभिज्ञता

पत्रकार सम्मेलनमा नेपालका तर्फबाट हालै कुनै विशेष दूतले भारत भ्रमण गरे-नगरेको विषयमा पनि चासो राखिएको थियो। तर, त्यसबारे प्रवक्ता जैसवालले आफूलाई कुनै पूर्वसूचना वा जानकारी नरहेको बताए।

कूटनीतिक वृत्तमा चासो

नेपालमा नयाँ सरकार गठन भएसँगै छिमेकी मुलुक भारतबाट आएको यो औपचारिक निमन्त्रणालाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। सामान्यतया नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणका रूपमा भारत जाने परम्परा रहँदै आएको छ।

प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणले दुई देशबीचको सदियौँ पुरानो द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र आपसी हितका विषयमा छलफल गर्ने वातावरण बनाउने अपेक्षा गरिएको छ।

भ्रमणको मिति तय हुन बाँकी

भारतीय पक्षबाट निमन्त्रणा प्राप्त भए पनि भ्रमणको औपचारिक मिति र तालिका भने अझै तय भइसकेको छैन। दुवै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीचको कूटनीतिक संवाद र अनुकूलतापश्चात् भ्रमणको मिति सार्वजनिक गरिने जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी