देशमा निरङ्कुश प्रवृत्ति देखा पर्‍यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड

देशमा निरङ्कुश प्रवृत्ति देखा पर्‍यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड

  • शनिबार, साउन ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट आएको दाबी गर्नुभएको छ। नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले अहिले कम्युनिस्ट आन्दोलनले धक्का खाएको र यसलाई पुनः एकताबद्ध एवम् पुनर्जीवित गर्दै देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने बेला आएको बताउनुभयो।

देशमा देखिएको निरङ्कुश प्रवृत्ति र कम्युनिस्ट आन्दोलनमाथि आइपरेको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो। राष्ट्रिय स्वाधीनताको रक्षा र निरङ्कुश प्रवृत्तिका विरुद्ध पुनः एकपटक सङ्घर्षमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको जिकिर गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्न आह्वान गर्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी