राससका महाप्रबन्धक राई र सिचुआन प्रान्तका संस्कृति-पर्यटन विभागका महानिर्देशक गुआङहाओबीच भेटवार्ता

राससका महाप्रबन्धक राई र सिचुआन प्रान्तका संस्कृति-पर्यटन विभागका महानिर्देशक गुआङहाओबीच भेटवार्ता

  • बिहिबार, साउन ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, ७ साउनः राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राई र नेपाल भ्रमणमा रहनुभएका चीनको सिचुआन प्रान्तका संस्कृति र पर्यटन विभागका महानिर्देशक चेन गुआङहाओबीच आज काठमाडौँमा भेट भएको छ । अनौपचारिक भेटका क्रममा दुवै राष्ट्रको कलासंस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको छ ।

महाप्रबन्धक राईले राससको सेवाप्रवाह र सञ्चालन प्रक्रियाबारे जानकारी गराउँदै राससले मुलुकको सातवटै प्रदेश र विभिन्न जिल्ला कार्यालयमार्फत ७७ वटै जिल्लाका समाचार सम्प्रेषण गर्दै आइरहेको बताउनुभयो । उहाँले राससले नेपाल र छिमेकी राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई उच्च प्राथमिकता राख्दै आएको स्पष्ट गर्नुभयो ।

महाप्रबन्धक राईले चीनको सिन्ह्वा समाचार एजेन्सीसहित विश्वका अन्य समाचार एजेन्सीसँग समन्वय र सहकार्य हुँदै आएको बताउनुभयो । उहाँले नेपाल, कला, संस्कृति र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भएकाले सिचुआन प्रान्तका पर्यटकलाई नेपाल भ्रमण गराउनका लागि आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो ।

महानिर्देशक गुआङहाओले सिचुआन प्रान्त र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा मिडियाको भूमिका ठूलो हुने भएकाले साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले दुवै मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी