विश्वकप लिग–२: नेपाल नामिबियासँग ८ विकेटले पराजित

विश्वकप लिग–२: नेपाल नामिबियासँग ८ विकेटले पराजित

  • मङ्लबार, साउन ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ, ५ साउन ।नेदरल्यान्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।

उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा मात्र १५७ रनमा समेटिएको थियो । १५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र २ विकेट गुमाएर सहजै पूरा गर्‍यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन र उपकप्तान दिपेन्द्रसिंह ऐरिले ३० रन जोडे । अन्य ब्याटरहरू क्रिजमा टिक्न सकेनन् । गुल्सन झाले २०, करण केसीले १८, आशिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए । यस्तै, इशान पाण्डे ८ र कुशल भुर्तेल २ रनमा आउट हुँदा नन्दन यादव १ रनमा समेटिए भने आरिफ शेख शून्यमै पेभेलियन फर्के ।

नेपालको ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा नामिबियाका जेजे स्मितले घातक बलिङ गर्दै ६ विकेट लिए । उनले ९.५ ओभरमा १ मेडन राख्दै मात्र २७ रन खर्चेका थिए । ज्याक ब्रासेल र बर्नार्ड शोल्ट्जले समान २–२ विकेट लिए ।

नामिबियाको जितमा जान फ्राइलिंकले अविजित ७८ रनको अर्धशतकीय पारी खेले । उनले ८९ बलमा ८ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर माइकल भान लिंगेनले ५१ रनको योगदान दिए ।

नेपालका तर्फबाट कप्तान रोहित पौडेल र नन्दन यादवले समान १–१ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । नामिबियाका जान निकोल लफ्टी इटोन १७ रनमा अविजित रहे भने अलेक्जेन्डर बुसिङ–भोल्शेन्क २ रनमा आउट भए ।

नेपालले सिरिजको दोस्रो खेलमा बुधबार घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्नेछ । यस्तै, आगामी सोमबार नामिबियासँग र सिरिजको अन्तिम खेल अर्को हप्ताको बुधबार नेदरल्यान्ड्सँग खेल्ने तालिका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी