‘राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायो’

‘राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायो’

  • शनिबार, साउन २, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौँ, २ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको बताउनुभएको छ ।

नागरिक अगुवा पाण्डेको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै सभापति थापाले जारी गर्नुभएको शोकसन्देशमा नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा पाण्डेले जीवनभर निर्भीकतापूर्वक निर्वाह गर्नुभएको योगदानको स्मरण गर्नुभएको छ ।

अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले देशको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभएको
सभापति थापाले सन्देशमा उल्लेख गर्नुभएको छ । डा. पाण्डेको शुक्रबार साँझ निधन भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी